अधिवक्ता कमल कोइराला काठमाडौं–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्। उनले नागरिकलाई प्रत्यक्ष जवाफदेही हुने, कानुनी सुधार गर्ने र दीर्घकालीन नीतिगत कमजोरी सच्याउने वाचा गरेका छन्

👤 उमेदवार कमल कोइराला को परिचय

  • पेशा: अधिवक्ता तथा अध्यापन (सामाजशास्त्र, राजनीतिशास्त्र, कानूनशास्त्र)
  • राजनीतिक शैली: स्वतन्त्र उम्मेदवार, कुनै दलसँग आबद्ध छैनन्
  • अनुभव: संघीय तथा स्थानीय तहमा कानुन निर्माण, संशोधन र खारेजीमा संलग्न अनुभव छ
  • प्रेरणा: जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक वातावरणमा नागरिकलाई प्रत्यक्ष प्रतिनिधित्व गर्ने उद्देश्य बोकेका छन्

📌 उनले तपाईलाई के दिन्छन्?

मुख्य वाचा

  • कानुनी सुधार: संसद्मा गएर दीर्घकालीन असर पार्ने नीतिगत कमजोरी सच्याउने र नयाँ कानुन निर्माणमा भूमिका खेल्नेछन्।
  • नागरिकमुखी प्रतिनिधित्व: पार्टीको दबाबभन्दा नागरिकको आवाजलाई प्राथमिकता दिनेछन्।
  • शिक्षा र ज्ञानको उपयोग: अध्यापन र कानुनी अभ्यासबाट प्राप्त अनुभवलाई नीति निर्माणमा प्रयोग गर्नेछन्।
  • पारदर्शिता र जवाफदेहीता: जनतासँग प्रत्यक्ष संवाद गर्ने, निर्णय प्रक्रियामा नागरिकलाई सहभागी गराउनेछन्।

🔍 तुलना: परम्परागत दलका उम्मेदवार र बनाम कमल कोइराला (स्वतन्त्र)बिचको भिन्नता

मापदण्डदलका उम्मेदवारकमल कोइराला (स्वतन्त्र)
पार्टी प्रभावपार्टीको एजेन्डामा बाध्यस्वतन्त्र, नागरिकमुखी
जवाफदेहीतापार्टी नेतृत्वलाई बढीप्रत्यक्ष नागरिकलाई
नीति दृष्टिकोणपरम्परागत, क्रमिक सुधारसुधारवादी, नयाँ सोच
अनुभवराजनीतिक अनुभवकानुनी तथा शैक्षिक अनुभव
जोखिमपार्टी समर्थन बलियोस्वतन्त्र भएकाले चुनौती
Translate »